चितवनको भरतपुरबाट १२ जुवाडे पक्राउ
चितवन । चितवनको भरतपुर महानगरपालिका ११ गणेस्थान चोकबाट तीन लाख रुपैयाँ नगद सहित १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा आज (सोमबार) बिहान ३:४० बजेको समयमा गणेशस्थान चोक स्थित सुदिप भण्डारीको घरमा पुगेको प्रहरीले जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका ११ का २६ वर्षीया सुमन भण्डारी, सोही स्थानका २७ वर्षीया किरण लोप्चन, २९ वर्षीया राजेश विक, २६ वर्षीया धन बहादुर बराल, २० वर्षीया सुदिप भण्डारी, ४६ वर्षीय दिपक श्रेष्ठ, २६ वर्षीय करण गुरुङ, भरतपुर महानगरपालिका १२ का ४४ वर्षीया सालिकराम रेग्मी, भरतपुर महानगरपालिका १४ का ५८ वर्षीया सुरेशचन्द्र न्यौपाने, भरतपुर महानगरपालिका २० का ४१ वर्षीया दिनेश दवाडी, भरतपुर महानगरपालिका २६ का ४० वर्षीया ईश्वर महत्तो र गोरखा भछेक ३ का ३५ वर्षीया बिष्णुबहादुर भण्डारी रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले नगद तीन लाख नौं हजार ७६० रुपैयाँ, ३२ थाना कौडा, एक बुक तास समेत बरामद गरेको जनाएको छ । उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवन बाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्