अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न ठाउँबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौंमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गाबाट करिब १ किलो ५ सय ग्राम गाँजासहित धादिङ घरभएका ५१ वर्षीय सानुबाबु अधिकारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बा ३ ख ५२७ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले मकवानपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका– ११ मा नियन्त्रित लागूऔषध १६ एम्पुल नुर्फिन, १६ एम्पुल फेनारगन र १६ एम्पुल डाइजेपाम सहित २ जनालाई शनिबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका– १२ पदमपोखरी बस्ने २८ वर्षीय रमेश बिक र सोही ठाउँ बस्ने २८ वर्षीय सजन बिक रहेका छन् । अस्थाई प्रहरी पोष्ट थानाभ¥याङबाट गस्तीमा खटिएको प्रहरीले उनीहरूलाई झोलामा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी, प्रहरीले मोरङमा अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ परेको छ । बिराटनगर महानगरपालिका– १५ बाट २ ग्राम ९४ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुईजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका– १२ बस्ने २२ वर्षीय सुहन लिम्बु र बेलबरी नगरपालिका– ११ बस्ने ३१ वर्षीय सिकुम योङहाङ रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाइकललाई लागूऔषध व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषधसहित पाँच जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्