धनुषा र गुल्मीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । धनुषा र गुल्मीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
धनुषामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका– २ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ४५ वर्षीया हंसा देवी दास घाईते भएकी थिईन् । मोटरसाइकलको नम्बर भने खुलेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको रामा अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै, गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रेसुङगा नगरपालिका–१० मा लु२ख १८६६ नम्बरको ट्रक बाटो भासिएर दुर्घटना हुँदा ट्रक चालक ३८ वर्षीय रण बहादुर ढेगाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #धनुषा र गुल्मीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु, #सवारी दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्