Techie IT
मंगलबार, मंसीर २,२०८३

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु


काठमाडौं । रूपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैडहवा गाउँपालिका–८ जोगिडाडा बस्ने बल बहादुर भण्डारीकी १३ वर्षीया छोरी आशिका भण्डारी रहेकी छन् ।
सोही ठाउँकै तुल्सी तालमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनी र ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्