प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विशेष समयमा बोल्दै सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, लोकसेवा आयोगको परीक्षा प्रणाली समयानुकूल बनाउनुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने, न्यायालयमा हुने प्रक्रियागत जटिलता हटाउनु पर्ने लगायतका विषय राख्नुभएको छ ।
शून्य समयमा बोल्दै सांसदहरुले बाढी पहिरोबाट प्रभावित नागरिकलाई उचित राहत र पुनर्स्थापना गर्न तथा जोखिमयुक्त ठाउँमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न माग गर्नुभएको थियो ।
यसैगरी, सांसदहरुले बढ्दो महँगीको न्यूनीकरण, अवरुद्ध सडकहरूको सञ्चालन, समावेशिताको सुनिश्चितता र नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने विषयमा सरकारको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्