मिस ग्रान्ड २०२२ को विजेता बन्नको लागि भोट अपिल गर्दै नतशा धामी हिमालयम ह्वाट हाउस कलेजमा
काठमाडौं । आर.के इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत वर्षेनि देशको प्रतिनिधित्व गराउँदै विभिन्न देशका फरक फरक टाइटल मार्फत आफ्नो देशलाई चिनाउन आफ्ना प्रतिष्पर्धीहरु तयार पार्दै आएको छ ।
यसैक्रममा मिस ग्रान्ड नेपाल २०२२ को उपाधीको लागि यतिबेला १६ जना प्रतिस्पर्धीबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ । यसैक्रममा कैलाली लम्की कि नतशा धामी पनि प्रतिष्पर्धामा विजेता बन्नको लागि यतिबेला भोट माग्न ब्यस्त छिन । भोटिङ राउन्ड खुलिसकेको छ । अब धामीको प्रस्तुतिले मात्र नहुने भएको छ । प्रतिस्पर्धा जित्न अब धेरै भन्दा धेरै भोटको आवश्यक पर्ने भएको छ ।

उनी भोट माग्नैको लागि शुक्रबार आफुले +२ अध्ययन गरेको काठमाडौंको तिनकुने सुबिधानगरमा रहेको हिमालयन ह्वाइट हाउस इन्टरनेश्नल कलेजमा पुगेकी छ्न । उनले कलेजमा पुगेर सबै सङ भोटको लागि अपिल गरेकी छिन । साथै शिक्षकहरुले पनि धामीलाई जिताउन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएकी छिन । कलेजमा देखिएको साथ र सपोर्टले मिस ग्रान्ड २०२२ जित्ने एउटा बलियो आधार बनेको धामीले बताइन । साथै उनले अरु साथिभाइ , दिदीबहिनी , आमाबुबा , दाजुभाइ सबैलाई भोट गर्न अनुरोध गरेकी छिन।

आफ्नो कन्फिडेन्स लेभल , परिवारको पुर्ण साथ र सहयोग, सुन्दरता र आफ्नै कडा मेहनतले मिस ग्रान्ड जित्ने धामी बताउँछिन । उनलाई विजेता बनाउनको लागि भोट गर्न आफ्नो मोबाइलमा खल्ती एप डाउनलोड गरेर मिस ग्रान्ड नेपालको पोष्ट खोली कन्टेस्टेन्ट नम्बर 01 मा भोट गर्न सकिन्छ । एक भोट भने फ्री रहेको छ । एकजनाले जति पनि भोट गर्न सकिन्छ । धामीले सबै दर्शक र साथीहरुलाई भोट गरिदिन अपिल समेत गरेकी छिन । फाइनल भदौको पहिलो साता गर्ने आयोजक टिमको तयारी रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आर.के इन्टरटेन्मेन्ट ग्रुप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्