सार्वजनिक सञ्चारमाध्यमबीच समन्वय र सहकार्यमा जोड
काठमाडौँ ।सार्वजनिक सञ्चारमाध्यमले आपसमा समन्वय र सहकार्य गर्दै जनचासोका आधिकारिक समाचार सम्प्रेषण गरी आमनागरिकलाई सुसूचित गर्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनका कार्यकारी प्रमुख तथा समाचार प्रमुखबीच आज रासस केन्द्रीय कार्यालयमा भएको छलफलमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै समयानुकुल द्रुतगतिमा समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याइयो ।
आमसञ्चार क्षेत्रका अनुभवी एवम् दक्ष जनशक्ति रहेका सार्वजनिक सञ्चारमाध्यमले राज्य र आमजनताको आवाज बुलन्द गर्न सक्नुपर्ने बताउँदै प्रभावकारी तथा एकीकृतरुपमा समाचार सम्प्रेषणका लागि आपसी सहयोग र सहकार्यमा उहाँहरुले जोड दिनुभएको हो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले जनचासोका विषयलाई प्राथमिकता दिई एकीकृत ढङ्गबाट आमजनताको आवाज मुखरित गर्ने पक्षमा देशका सबै सार्वजनिक सञ्चारमाध्यमले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले सरकारी समाचारलाई मात्र प्राथमिकता दिने गरेको आक्षेपबाट देशका सबै सार्वजनिक सञ्चारमाध्यमहर मुक्त हुनुपर्नेमा जोड दिँदै सामाजिक विकृति र विसङ्गति उजागर गर्दै आमजनताको मन जित्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सार्वजनिक सञ्चारमाध्यमका बीच समाचार सङ्कलन, सम्पादन र नीतिगत विषयहरु तथा तहसमेतमा नियमित छलफल तथा अन्तरक्रिया आवश्यक रहेकाले यस्ता विषयका छलफललाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री र प्रमुख समाचारदाता प्रमोद दाहालले सार्वजनिक सञ्चारमाध्यमका कमीकमजोरीलाई हटाउँदै भरपर्दाे र विश्वसनीयरुपमा समाचार सम्प्रेषण गरी आम नागरिकलाई सूचना प्रदान गर्न लाग्नुपर्ने बतउनुभयो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, राससका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका समाचार संयोजक पुष्पहरि क्याम्पाराई, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवप्रसाद भट्टराई, राससका नायब महाप्रबन्धक सोमनाथ लामिछाने, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक र अंग्रेजी समाचार सेवा प्रमुख दीपराज सन्यालले सार्वजनिक सञ्चारमाध्यमलाई थप प्रभावकारी र सशक्त बनाउन आफ्ना सेवाहरुमा समयानुकूल परिमार्जित र अध्यावधिक गर्दै लैजानुपर्ने सुझाव दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #धर्मेन्द्र झा, #राष्ट्रिय समाचार समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्