अतिउच्च जोखिममा मेलम्चीकाे तटीय क्षेत्र
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते,धाप र आसपास ठुलो वर्षा भएको छ ।
यस क्षेत्रमा पछिल्लो ३–६ घण्टा ठुलो वर्षा मापन गरिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।
महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।
खोला निकै बढेको चनौटेका बस्ती खड्काले बताउनुभयो । तालामाराका स्थानीय डरले घर बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताउनुभयो ।
पहिरोले भोटेचौर काउले सडक अवरुद्ध
सिन्धुपाल्चोकको मेलम्ची नगर पालीका वडा २ निबु गाँउमा गएराति पहिरो गएको छ । राति सवा दश बजे गएको पहिराले भोटेचौर– काउले सडक अवरुद्ध भएको छ । पहिरोका कारण केही घर जोखिममा परेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका स्थानीयहरू सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #अतिउच्च जोखिममा मेलम्चीकाे तटीय क्षेत्र, #सिन्धुपाल्चोक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्