कास्कीमा ८ हजार नयाँ मतदाता थपिए
कास्की । देशमा प्रदेश र सङ्घको निर्वाचन घोषणा भएको छ ।
आगामी प्रदेश र सङ्घको निर्वाचनका लागि सङ्कलन गरिएको नामावलीमा कास्कीमा ८ हजार नयाँ मतदाता थपिएका छन् ।
फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको प्रदेश निर्वाचन कार्यालयले २०७९ साउन २० गते दिउँसो सम्मको मतदाता नामावली सार्वजनिक गरेको हो ।
कास्कीका ५ वटै पालिकामा गरी करिब ८ हजार मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले बताउनुभयो ।
“हामीले स्थानीय चुनाव सकिए लगत्तै नामावली सङ्कलनका लागि आह्वान गरेका थियौँ । यस पटक अनलाइनबाट पनि नामावली भर्न मिल्ने व्यवस्था गरेका थियौँ । यस कारण यो छोटो समयमा धेरैले मतदाता नामावलीमा नाम टिपाउनुभएको हो”, प्रमुख पराजुलीले भन्नुभयो ।
कास्कीका ५ वटै पालिकामामा सबैभन्दा बढी पोखरा महानगरपालिकामा मतदाता थपिएका छन् ।
कास्कीका ४ गाउँपालिका र १ महानगरपालिकामा करिब ८ हजार नयाँ मतदाता थपिएका हुन् । स्थानीय निर्वाचन पछिको यो छोटो अवधिमा नयाँ मतदाता थपिएका हुन् ।
“अब मतदाता नामावली सङ्कलन सकियो । फोटोसहितको नामावली सङ्कलन हुँदैन ।”उहाँले भन्नुभयो ।
कास्कीका ५ पालिका पोखरा, रुपा, माछापुच्छ्रे, मादी, अन्नपूर्ण गरी ५ पालिका छन् ।
२०७९ को स्थानीय तहको चुनावमा कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #कास्की, #कास्कीमा ८ हजार नयाँ मतदाता थपिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्