अवैध हरियो सालको १० थान गोलियासहित ट्याक्टर नियन्त्रण
वीरगञ्ज । प्रहरी र वन गस्ती टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका १ पथलहवा खोलाबाट अवैध हरियो सालको १० थान गोलियासहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्य र डिभिजन वन कार्यालय रंगपुरटाडीका वन गस्तीको संयुक्त टोलीले प्रदेश २–०३–००१ – त – ६०४७ नम्बरको ट्याक्टरसहित १० थान काँचो सालको गोलिया बरामद गरेको हो ।
पर्साको राष्ट्रिय वन क्षेत्रबाट अवैध रुपमा कटान गरी ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा राती प्रहरी र वन गस्ती टोलीले ट्याक्टरसहित सालको गोलिया बरामद गरेको हो ।
प्रहरीको टोलीलाई देख्ने बित्तिकै ट्याक्टर चालक र काठ तस्कर फरार भएका थिए । बरामद गरिएको काठ सहितको ट्याक्टर डिभिजन वन कार्यालय वीरगञ्ज पर्सामा बुझाएको तथा फरार रहेका चालक र काठ तस्करको खोजी भइरहेको सब डिभिजन वन कार्यालय रंगपुरटाडीका सहायक वन अधिकृत कपिलदेव यादवले बताउनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #अवैध हरियो सालको १० थान गोलियासहित ट्याक्टर नियन्त्रण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्