भूमि मन्त्री श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत गोडर बिच भेटवार्ता
काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटघाटमा दुई देश बीचको सम्बन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ ।
भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायल बीच कूटनीतिक सम्बन्ध विस्तार भएको छ दशकभन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको र द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको बताउनुभयो ।
उहाँले नेपाल सरकार भूमिको समुचित उपयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्धि हासिल गर्नतर्फ लागिरहेको भन्दै इजरायले सहकारीका माध्यमबाट गरेको समृद्धिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले यस वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उत्पादनलाई जोड दिएर बजेट व्यवस्था गरेको भन्दै यसमा प्रविधिलाई जोडेर अगाडी बढ्ने कुरामा सरकार लागिरहेको पनि बताउनुभयो ।
मन्त्रालयले भूमि व्यवस्थापन, सहकारी र गरिबी निवारणका विविध क्षेत्रमा काम गरिरहेको भन्दै मन्त्री श्रेष्ठले यी तीनवटै क्षेत्रमा महत्त्वपूर्ण नीति तथा कार्यक्रमको सुरुवात गरेको र कृषि, भूमि व्यवस्था लगायतका क्षेत्रमा इजरायलले गरेको उत्कृष्ट र उदाहरणीय अभ्यासका विषयमा दुई देशबीच ज्ञान, सीप र अनुभव आदानप्रदान हुन सक्दा दुवै देशका लागि लाभ हुन सक्ने विश्वास लिएको बताउनुभयो ।
भेटमा इजरायली राजदूत हनान गोडरले नेपालको भूमि व्यवस्थापन र कृषि विकासमा प्रविधिको भूमिका महत्त्वपूर्ण हुने भन्दै नेपाल प्राकृतिक र कृषिमा धेरै सम्भावना भएको देश भएकाले इजरायलले गरेको प्रविधिको प्रयोग नेपालका लागि पनि उपयोगी हुने बताउनुभयो ।
उहाँले नेपालको कृषि क्षेत्रको विकासमा प्रविधिको प्रयोग र जनशक्ति विकासमा इजरायलले सहयोग गर्दै आएको र नेपालको विकासमा सहयोग गर्दै दुई देशबीचको सम्बन्ध अझै सुमधुर बनाइ राख्न आफूहरू लागिरहेको पनि बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #भूमि मन्त्री श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत गोडर बिच भेटवार्ता, #भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री, #शशी श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्