एसपीपीको पत्र सार्वजनिक गर्न मिल्दैन: परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी) को पत्र सार्वजनिक गर्न नमिल्ने बताएको छ। शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपीको पत्र सार्वजनिक गर्न नमिल्ने बताएकी हुन्।
एसपीपीमा सहभागितालाई लिएर सदन र सडकमा आवाज उठेपछि मन्त्रिपरिषद्ले सहभागि नहुने निर्णय गरेको थियो। त्यस सम्बन्धी जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई अधिकार दिइएको थियो ।
तर, अहिलेसम्म अमेरिकालाई आधिकारिक रुपमा जानकारी भने दिइएको छैन। सरकारले सहभागी नहुने भनेर निर्णय गरेपनि अमेरिकालाई जानकारी नगराउनुको पछाडी केही रहस्य भएको भन्दै प्रतिपक्ष र सत्तापक्ष दलका नेताहरुले प्रश्न गर्नुका साथै पत्र सार्वजनिक माग पनि गरिरहेका छन्।
तर, सरकारले गरेको निर्णयको जानकारी गराउन अमेरिकालाई पत्र पठाउनेबारे परराष्ट्र मन्त्रालयल अझै छलफल चलिरहेको प्रवक्ता लम्साल बताउँछिन् । पत्र पठाउने बारे छलफ चलिरहेकाले ढिलाई भएको उनको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #परराष्ट्र मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्