सत्तारुढ गठबन्धनका दलहरुमा एक्लै निर्वाचन लड्ने शक्ति छैन्: बिष्णु पौडेल
ललितपुर । नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले सत्तारुढ गठबन्धनका दलहरुमा एक्लै निर्वाचन लड्ने शक्ति नभएको बताएका छन् ।
बिहीबार एमाले ललितपुरले आयोजना गरेको प्रशिक्षणमा सम्बोधन गर्दै पौडेलले यस्तो बताए ।
उनले गत स्थानीय निर्वाचनमा पनि कांग्रेसलगायतका दल एक्लै चुनाव लड्न नसकेको बताए । पौडेलले भने, “गत स्थानीय तहको चुनावमा कांग्रेसले चुनाव लड्न सकेन, माओवादीले चुनाव लड्न सकेन, माधव नेपालको झुण्डले चुनाव लड्न सकेन, जसपाले चुनाव लड्न सकेन, चुनाव लड्ने एकमात्र पार्टी भनेको एमाले हो । ”
एमाले आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणको संवाहक भएको भन्दै उनले उत्पादक शक्तिको हित गर्ने, मजदुर किसान, निम्न पूँजीपति वर्ग र राष्ट्रिय पूँजीपति वर्गको हित एमालेले मात्रै गर्ने बताए ।
त्यस्तै, पौडेले नेपालीहरु अल्पमतमा पर्ने वैवाहिक अंगीकृत नागरिकता विधेयक ल्याएर सरकारले आत्मसमर्पण गरेको बताए ।
“यो गठबन्धन सरकारले आज विवाह गर्ने, भोलि बिहे दर्ता गर्ने, पर्सि नागरिकता प्राप्त गर्ने, निकपर्सी चुनावमा उठ्ने र एक महिनाको चुनाव प्रचारपछि अर्को महिना मन्त्री हुने अर्थात विवाह गरेर आएको तीन महिनामा संघीय सरकारको मन्त्री समेत हुनेगरी ढोका खोलिदिएको छ”, पौडेलले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बिष्णु पौडेल, #सत्तारुढ गठबन्धनका दलहरुमा एक्लै निर्वाचन लड्ने शक्ति छैन्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्