अमेरिकामा मङकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा
अमेरिकाले मङकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । अमेरिकाभर संक्रमितहरुको संख्या बढ्दै गएपछि बिहीबार जनस्वास्थ्य संकटकाल घोषणा गरिएको हो । यसअघि विभिन्न राज्य र सिटीहरुले मङकीपक्स संकटकाल घोषणा गरेपनि राष्ट्रिय संकटकाल भने घोषणा गरिएको थिएन ।
स्वास्थ्य र मानव सेवा विभागसँगको छलफलको समयमा यो घोषणा गरिएको हो । प्रकोपलाई सम्हाल्ने सन्दर्भमा बाइडेन प्रशासनको आलोचना भइरहेको र केहीले सरकारलाई ढिलाइ नगरी राष्ट्रिय संकटकाल घोषणा गर्न आह्वान गरेको सन्दर्भमा बाइडेन प्रशासनले संकटकाल घोषणा गरेको हो ।
अमेरिकामा मेको मध्यमा मङकीपक्सको पहिलो संक्रमण पत्ता लागेको थियो । त्योयता अमेरिकामा ६ हजार ६ सयभन्दा धेरै पुष्टी भएका र सम्भावित संक्रमणहरु भेटिएका छन् । मोन्टाना र वायोमिङ बाहेक सबै राज्यमा संक्रमण पहिचान गरिएको छ।
विश्व स्वास्थ्य संगठनले गत महिना मङकीपक्स अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य संकटकाल भएको घोषणा गरेको थियो । डब्ल्यूएचओले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य संकटकाल एक असाधारण घटनाको रूपमा परिभाषित गर्दछ । रोगको अन्तर्राष्ट्रिय फैलावट मार्फत जनस्वास्थ्य जोखिम भएको अवस्थामा विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गर्दछ ।
न्युयोर्क शहर, सान फ्रान्सिस्को, क्यालिफोर्निया, इलिनोइस र न्युयोर्क राज्य लगायतका केही सहर र राज्यहरूले पहिले नै मङकीपक्स संकटकाल घोषणा गरिसकेका छन् । जसले गर्दा उनीहरुलाई प्रकोपको लागि साधनश्रोत परिचालन गर्न बाटो खुलेको छ ।
मङकीपक्स अहिलेसम्म विश्वका ७० भन्दा धेरै देशमा फैलिइसकेको छ । अब अमेरिकामा संकटकाल घोषणापछि संघीय स्वास्थ्य अधिकारीहरुले यो रोगविरुद्ध मापदण्डहरुलाई तीब्र पार्न सक्नेछन् । त्यसका लागि पूर्ण संघीय पुनरावलोकनको आवश्यकता पर्नेछैन ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking, #अमेरिकामा मङकीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा, #मङकीपक्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्