प्रजातान्त्रिक खेमाबाट टान निर्वाचनमा बाँस्तोला आधिकारिक उम्मेदवार
प्रजातान्त्रिक खेमाका पर्यटन व्यवसायीहरुका तर्फबाट ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोलालाई आधिकारिक उम्मेदवार बनाइने भएको छ ।
नेपाली कांग्रेसको शुुभेच्छुक दुुई भिन्दाभिन्दै सङ्गठनले टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि व्यवसायी बाँस्तोलालाई समर्थन गर्ने निर्णय गरेको हो । नेपाल पर्यटन व्यवसायी सङ्घ (निट नेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले बुुधबार संयुुक्त कार्यक्रम गरी टानको अध्यक्षमा बाँस्तोलालाई समर्थन गर्ने निर्णय गरेको निट नेपालका अध्यक्ष दीपक महतले जानकारी दिनुुभयो । उहाँले दुवै शुभेच्छुक संस्था एकाकार भएर टान निर्वाचनमा एउटै समूहका रूपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको बताउनुुभयो ।
अध्यक्षका प्रत्यासी बाँस्तोलाले शुभेच्छुक संस्थाबाट आफूू टान अध्यक्षको आधिकारिक उम्मेदवार भएकाले व्यावसायिक छलफल र प्रचारप्रसारलाई तीव्रता दिएको बताउनुुभयो । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन टानको अध्यक्ष प्रत्यासीका उम्मेदवार बाँस्तोला अब्बल प्रतिस्पर्धीका रूपमा चुनावी अभियानमा होमिनुभएको छ ।
पर्यटन क्षेत्रमा विगत २६ वर्षदेखि सक्रिय बाँस्तोलाले टानको नेतृत्वमा पुुगेको खण्डमा पर्वतीय पर्यटनको साखलाई खँदिलो बनाएर समग्र व्यवसायीको हित अनुकूलको संस्था स्थापित गर्ने बताउनुुभयो । टानलाई विशुद्ध व्यावसायिक संस्थाका रूपमा विकास गरी परिवर्तित अवस्थामा संस्थाको भूमिकालाई व्यापक बनाएर अघि बढ्ने बाँस्तोलाको योजना छ ।
आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ । टानको अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन् ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल, #निलहरि बाँस्तोला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्