नर्भिक अस्पतालले यूरोलोजीको ओपीडी सेवा निःशुल्क प्रदान गर्ने
काठमाडौं, १९ साउ । नर्भिक अस्पतालले यूरोलोजीको बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क प्रदान गर्ने भएको छ ।
अस्पतालले सञ्चालन गर्दै आएको विशेष अभियानअन्तर्गत अगामी शनिबार विशेषज्ञसहितको दुई वटा यूरोलोजी टीमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागिएको अस्पतालले बताएको छ ।
शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टीम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टीम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागिएको अस्पतालको भनाइ छ । अस्पतालले विगत लामो समयदेखि यूरोलोजी टीमकै विशेष निःशुल्क ओपीडी सेवा अभियान सञ्चालन गर्दै आएको छ ।
पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपीडी यसमै केन्द्रित गरिरहेको हो । अस्पतालका अनुसार यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टीमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरूलाई लक्षित गरी निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछन् ।
मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टीमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।
यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टीमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ । मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरूले यो ओपीडीबाट लाभ लिन सक्नेछन् ।
निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरूलाई शल्यक्रिया शुल्कमा विशेष छूटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #नर्भिक अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्