जबसम्म माग–मुद्धाहरु सम्बोधन हुदैँनन्, तबसम्म धर्ना बसिरहन्छौं द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार
काठमाण्डौं । द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले सरकारले द्वन्द्वपीडितसँग भएको सहमति कार्यान्वयन गर्न माग राख्दै ७ दिनदेखी अनिश्चितकालिन धर्ना दिइरहेका छन् । उनीहरुले आफ्ना मागहरु सम्बोधन नभएसम्म सडकबाट संघर्ष गरिरहने चेतावनी समेत दिएका छन् ।
उनीहरु सुरक्षाकर्मीबिना शान्ति कायम हुँदैन्, सहिद र घाईते सुरक्षाकर्मीको योगदानको कदर गर, मानवअधिकारको गम्भीर उल्लङ्घनकर्तालाई कारबाही गर, सत्य निरुपण आयोगबाट धोका भो, बहादुर सुरक्षाकर्मीको कदर गर भन्ने नारा लेखिएका प्लेकार्ड सहित धर्नामा बसेका छन् ।

द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्थाका संयोजक रनविर लावतीले आफूहरुका मुद्धाहरु सरकारले सम्बोधन नगर्दासम्म सडकमै धर्ना दिने तर्क व्यक्त गरे ।
“जबसम्म माग–मुद्धाहरु सम्बोधन हुदैँनन्, तबसम्म हामी बाटो र सडकमा धर्ना गरेर बसिरहन्छौं । पानी परेपनि हामीलाई केही हुँदैन्, घाम लागेपनि हामीलाई केही हुँदैन्, हावा हुरी भएपनि केही हुँदैन् । किनभने हाम्रो मुद्धा पास गर्नुछ ।”

उनले प्रधानमन्त्रीले मागहरु सम्बोधन गर्ने विश्वास दिलाएपनि गृहमन्त्रीले माग सम्बोधन गर्न चासो नदिएको आरोप लगाए ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीहरुका माग समावेश गराउनका लागि उनीहरु सरकारलाई निरन्तर दबाब दिँदै आईरहेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्