एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसदहरुको माग
काठमाडौँ । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल सहभागी नहुने भनी अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समिति राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आज संसद् सचिवालयमा बसेको बैठकमा परराष्ट्र र रक्षा मन्त्रालयका प्रतिनिधि उपस्थित नभएकोमा नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले अमेरिकालाई नेपाल एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको पत्र सार्वजनिक गर्न ढिलाइ गरेर पन्छन खोजेको आरोप लगाउनुभयो ।
त्यस्तै गरी सांसदहरु खेम लोहनी, लक्ष्मी परियार, अनिलकुमार झा, दुर्गा पौडेलले समितिले मागेको कागजपत्र सम्बन्धित मन्त्रालयले समितिलाई उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
समितिका सभापति निरुदेवी जैरुले एसपीपीबारे सरकारले अमेरिकी सरकारलाई पठाएको पत्र पुनः समितिमा माग गर्दै पत्राचार गरिने जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसदहरुको माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्