नेपाल प्रहरीको एआइजी विश्वराज पोखरेल आजबाट सेवानिवृत्त
काठमाडौं । नेपाल प्रहरीको एआइजीबाट विश्वराज पोखरेल आजबाट सेवानिवृत्त भएका छन् । उनी उमेरहदले आजबाट सेवानिवृत्त हुने भएका हुन् ।
कुनैबेला भावी आइजीपीका रुपमा हेरिएका पोखरेल एआइजी हुँदा वरियतामा आफ्नो ब्याचीमध्ये पहिलो नम्बरमा रहेपनि सरकारले बढुवा गरेन । उनी धीरजप्रताप सिंहको आइजीपी नियुक्तिविरुद्ध अदालत गए । तर, अदालतले उनको विपक्षमा फैसला गर्यो ।
पोखरेलले सिंहको आइजीपी बढुवा भएपछि बिदा लिएका थिए । ३५ दिनको बिदापछि फेरि बिदा लिन खोज्दा अस्वीकृत भयो । उनी कार्यालय गएनन् । अदालतको फैसलापछि राजीनामा दिन गएपनि स्वीकृत भएन ।
एआइजीका रुपमा उनको उमेरहदले पदावधि सकिएको छ । प्रहरी मुख्यालयमा उनका लागि कुनै बिदाई कार्यक्रम समेत नराखिएको बुझिएको छ ।
प्रहरीबाट सेवानिवृत्त भएपछि उनी कुन क्षेत्रमा सक्रिय हुने हुन् चासो बनेको छ । उनी राजनीतिमा सक्रिय हुने हुन् या राजनीतिक नियुक्तिको प्रतिक्षामा रहने हुन् भन्ने स्पष्ट पारेका छैनन् । राजनीतिक रुपमा उनी एमालेनिकट रहने बुझिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल प्रहरी, #विश्वराज पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्