Techie IT
सोमबार, जेठ ४,२०८३

कोरियाका लागि नेपाली राजदूतमा डा. ज्योति प्याकुरेल नियुक्त


काठमाडौं । गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्याकुरेललाई कोरियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरियाका लागि नेपाली राजदूतमा डा. ज्योति प्याकुरेल नियुक्त, #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्