Techie IT
बुधबार, मंसीर ३,२०८३

आफूहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारको माग


काठमाण्डौं । द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफूहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै आएका छन् ।
उनीहरुले काठमाडौंमा ६ दिनदेखि अनिश्चितकालीन धर्ना समेत दिईराखेका छन् । द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्थाका संयोजक रनविर लावतीले द्वन्द्वका बेला देशको लागि लडेका द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवारप्रति सरकारले वेवास्ता गरेको गुनासो गरे । धर्ना कार्यक्रममा बोल्दै उनले राज्यलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि कुनै प्रतिकृया नआएको बताए ।

“हिजो माओवादीले विद्रोह गर्दा माओवादीलाई तहसतहस गर्ने भन्ने सरकारले हामिलाई तहसनहस गर, नत्र टाउको गेडेर लिएर आईजा भन्ने सरकार आज संगसगैं भएका कारण उहाँहरुले हाम्रो सत्य निरुपण आयोग, बेपत्ता आयोगको यो ऐनलाई उहाँहरुले तुरुन्त संशोधन गर्नुपर्छ ।”
कार्यक्रममा बोल्दै द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्थाकी सदस्य रिता सेनले सरकारलाई यो विषयप्रति सचेत गराउन सडकमा आएको बताइन् । उनले अब पनि सरकारले आफुहरुको मागलाई सम्बोधन नगरे सिंहदरवार घेर्ने चेतावनी दिएकी छन् ।

“जब सम्म हाम्रा माग सुनुवाई हुनेछैन् । तब सम्म हाम्रो लडाईं सडकमै हुनेछ । हाम्रो सडकमा बस्दाबस्दै पनि कुरा सुनिएन भने हामि प्रधानमन्त्री निवास बालुवाटार देखि सिंहदरबारसम्म घेछौं ।”
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीको माग पनि समावेश गराउनको लागि धर्ना कार्यक्रम आयोजना गरिएको उनीहरूको भनाइ छ । ५ बुँदे माग सहित उनीहरूले द्वन्द्वमा घाइते भएका सुरक्षाकर्मीको आजीवन निःशुल्क उपचार गर्नुपर्ने बताएका छन् ।।


क्याटेगोरी : समाचार
ट्याग : #द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार


तपाईको कमेन्ट लेख्नुहोस्