सामान्य अंक घटेर बन्द भयो नेप्से
आज (मंगलबार) सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। गत मंगलबारपछि लगातार बढीरहेको बजारमा आज लगानीकर्ताहरूले प्रोफिट बुक गर्दा करेक्सन देखिएको हो। यो एक हप्तामा नेप्से १०५.२७ अंकले बढेको थियो । त्यसपछि आज २.८१ अंकले घट्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९मंगलबार० सेयर कारोबार मापक नेप्से परिसूचक २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा झरेको छ।
नेप्से ०.१३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.०१ अंकले घटेर ४२१.१३ विन्दुमा झरेको छ । कूल २१७ वटा कम्पनीको ७८ लाख १३ हजार एक सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहबाहेक सेयर बढेको छ। बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ।आज पनि शिवम् सिमेन्टको नै सर्वाधिक कारोबार भएको छ। कम्पनीको २९ करोड ३२ लाख २७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
मंगलबार ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन्ध्याबासिनी हाइड्रोपावर, सामलिङ्ग पावर र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।यस दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ। संस्थाको सेयरमूल्य ४.२४ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय ८८ रूपैयाँमा झरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सामान्य अंक घटेर बन्द भयो नेप्से, #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्