‘फरार’गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक सम्पर्कमा
काठमाण्डौं । बचतकर्ताहरुको रकम लिएर फरार भएका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वरका अध्यक्ष राम बहादुर गौतम सम्पर्कमा आएका छन्। गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफू नभागेको तर व्यक्तिगत काम विशेषले केहीदिन नेपाल बाहिर गएको बताएका छन् । अन्य कम्पनीको काम विशेषले आफू नेपाल बाहिर गएको र सोही समयमा मोबाइल सम्पर्कबाहिर हुँदा बचतकर्ताहरुले रकम खाएर भागेको भन्ने हल्ला मच्चाएको गौतमले विज्ञप्तिमार्फत बताएका छन् ।
हाल आफू नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानमा लागिसकेको समेत गौतमले बताएका छन्।साउन १३ गते काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीमा ताला लागेसँगै बचतकर्ताहरुले ठगी आरोपमा ठूलो संख्यामा सहकारी विभाग गएर सहकारी विरुद्ध उजुरी हालेका छन् । विभागका अनुसार गौतमश्री विरुद्ध ११४५ उजुरी दर्ता भएको छ । करिब २५ हजार सेयर सदस्य तथा बचतकर्ता रहेको सहकारीले करिब ७ अर्ब रुपैयाँ संकलन गरेको उजुरीमा उल्लेख गरिएको छ ।
उजुरी परेलगत्तै विभागले तत्काल राष्ट्र बैंकलाई पत्र लेख्दै गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक सबैको बैंक खाता तथा सम्पूर्ण चल अचल सम्पत्ति रोक्का गर्न आग्रह गरेको छ । यस्तै, केन्द्रीय अनुसन्धान तथा प्रहरी अपराध महाशाखामा समेत पत्र लेख्दै विभागले गौतमश्रीको सम्पूर्ण सम्पतिको सुरक्षा गरी दोषी सञ्चालकहरुलाई पक्राउ गर्न अनुरोध गरी पठाएको विभागले भनिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्