न्यान्सीको ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव
काठमाण्डौं । ताइवानको मुद्दालाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दै गएको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी आज ताइवान पुग्ने चर्चा छ । ह्वाइट हाउसले न्यान्सी पेलोसीको सम्भावित भ्रमणको जवाफमा चीनले सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएको छ ।
ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले चीनले ताइवान नजिकै मिसाइल प्रहार गर्न सक्ने र आफ्नो पक्षबाट व्यापक नौसैनिक वा हवाई गतिविधि हुन सक्ने बताएका छन्। पेलोसी आइतवारदेखि एसिया भ्रमणमा छिन् र उनले ताइपेई पनि जाने दाबी ताइवानी मिडियामा भइरहेको छ । यद्यपि अमेरिकी सरकारले यो दाबी पुष्टि गरेको छैन ।
चीनले ताइवानलाई आफ्नो हिस्सा दाबी गर्दै आएको छ । न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा चीनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । सोमबार, संयुक्त राष्ट्रका लागि चीनका राजदूत झाङ जुनले न्यान्सी पेलोसीको ताइवान भ्रमणले अमेरिका–चीन सम्बन्ध बिग्रन सक्ने चेतावनी छन् ।
एसिया भ्रमणका क्रममा पेलोसीले सिंगापुर, मलेसिया, दक्षिण कोरिया हुँदै जापान जाने कार्यक्रम रहेको छ । न्यान्सी पेलोसीले सधैं चीनको मानवअधिकार रेकर्डमा खुलेर आलोचना गरिरहेकी छिन् । उनले भनेकी छन्, ’ताइवानलाई समर्थन देखाउनु अमेरिकाको लागि महत्त्वपूर्ण छ ।’ पेलोसी यसअघि अप्रिलमा नै ताइवान जाने कार्यक्रम तय भएको थियो तर त्यतिबेला कोरोना संक्रमित भएपछि उनको भ्रमण रद्द गरिएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #चीन र अमेरिकाबीच तनाव, #न्यान्सीको ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्