Techie IT
बुधबार, मंसीर ३,२०८३

जसपा सांसद रेणुका गुरूङको घरमा सोमबार बेलुकी ‘बम प्रहार’


काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरूङले आफ्नो घरमा ‘बम प्रहार’भएको बताएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महाराजगञ्जस्थित आफ्नो निवासमा सोमबार बेलुकी ८ः२५ गते राती बम प्रहार भएको बताएकी हुन ।

“हिजो राति ८ ः२५ देशदोह्रीले मेरो घर भित्र बम पड्काए । घरका सबै आतंकित भए । दुई जना लोग्ने मान्छे मोटरसाइकमा गएको देखेँ। अध्याँरो भएकाले चिन्न सकिनँ’, गुरूङले बैठकमा भनिन्, ’महाराजगञ्जमा प्रहरीलाई फोन गरेपछि प्रहरी आयो। कम्पाउण्ड भित्र रकेट बमको खोल भेटियो जुन प्रहरीले लिएर गयो ।”
गुरूङले प्रतिनिधिसभा बैठकमा बोल्दै संघीय सांसद र पूर्व राज्यमन्त्री भएकाले आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि पाउनुपर्ने सुविधान सरकारले दिनु पर्ने माग गरेकी छिन् ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #जसपा सांसद रेणुका गुरूङको घरमा सोमबार बेलुकी ‘बम प्रहार’


तपाईको कमेन्ट लेख्नुहोस्