अन्डरग्राउण्ड पार्किङका सटर हटाउन मेयर बालेन्द्र शाहको निर्देशन
काठमाण्डौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आज बिहानै बानेश्वर क्षेत्रको अवलोकनमा निस्किएका छन् ।
उनले यहाँको फुटपाथको अवस्थाबारे जानकारी लिएका छन् । केही दिनअघि साहले फुटपाथमा गरिएका व्यापार हटाउन लगाएका थिए । आज त्यसको प्रगतिबारे जानकारी लिएका हुन् ।
उनले नयाँ बानेश्वरका अन्डरग्राउण्ड पार्किङमा राखिएको व्यापार हटाउन निर्देशन दिएका छन् । मेयर साहले नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेल, घरधनी र व्यापारीहरूसहित अनुगमन गरेका थिए ।
अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #बालेन्द्र साह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्