३६ किलो गाँजासहित एक जना पक्राउ
विराटनगर । मोरङको सीमावर्ती क्षेत्रबाट ३६ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालबाट भारतको जोगवनीतर्फ लैजादै गरेको अवस्थामा जहदा–२ का २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको हो ।
जहदा गाउँपालिका–२ हरिनगराबाट मङ्गलबार बिहानका ३६ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
तीन जनाले बोकेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपछि अन्य दुई जना भने फरार भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका गुरुङलाई र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको उनले बताए ।
गुरुङलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा लगाउने प्रहरीको तयारी छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #३६ किलो गाँजासहित एक जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्