अर्थमन्त्रीमा शर्मालाई पुनः नियुक्ति गरिएकोमा बस्नेतद्वारा असन्तुष्टी व्यक्त
काठमाण्डौं । नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्रीमा जनार्दन शर्मालाई पुनः नियुक्ति गरिएकोमा व्यङ्ग्य गर्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै बस्नेतले प्रधानमन्त्रीलाई धन्यवाद भनेर सुरु गरेर जनार्दन शर्मामाथि कटाक्ष गरेका हुन् । उनले शर्मालाई अर्थमन्त्रीमा फर्काएकोमा सत्ता गठबन्धनका अन्य चार दलका नेतृत्वलाई पनि धन्यवाद भनेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रयोग भएको विषयमा छानबिनको नाममा शर्मालाई चोख्याउने काम भएको भन्दै बस्नेतले व्यङ्ग्यात्मक तरिकाले विरोध गरेका हुन् ।
प्रधानमन्त्रीलाई धन्यवाद, कमरेड प्रचण्ड, कमरेड माधब नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेललाई पनि धन्यवाद । गृहमन्त्रीजीलाई पनि धन्यवाद । छानबिन समितिलाई पनि धन्यवाद । मेटाएको सिसिटिभी फुटेज नदेखाएकोमा, मलगायत कर्मचारीको कल डिटेल नहेरेकोमा, अन्तरवार्ता नलिएकोमा, एमालेको फरक मतलाई इग्नोर गरेकोमा, सत्ताको आडमा बहुमत पुर्याई सफाई दिएकोमा, पुनः मन्त्री पदमा नियुक्त गराएकोमा, अर्थको सेटिङ कायम गराउनेछु । प्रधानमन्त्री भाउजुको आदेश मान्नेछु । सुप्रिमोज्यू सेटिङभित्रै निश्चित डेटिङ बुझाउनेछु । सहयोग नगर्ने कर्मचारी हटाउनेछु । कमिसन नखुवाउने कर्मचारीहरुलाई कारबाही गर्नेछु । चुनावी खर्च जुटाउनेछु । गठबन्धन जिताउन एमाले हराउन लाग्नेछु ।
अर्थको नामका अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु । जनताले सबै मूल्याङ्कन गरेका छन् । महङ्गी, भ्रष्टाचार, कुशासनको मूल्याङ्कन गर्नेछन् । जनताविरोधी देश विरोधी गठबन्धन कमजोर हुनेछ । निर्वाचन आउँदैछ ।
बजेट प्रकरणमा संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर अनुसन्धान गरेको थियो । उक्त अनुुसन्धानका क्रममा जनार्दन शर्माले गलत गरेको प्रमाण नभेटिएको प्रतिवेदन तयार परेपछि पुनः शर्मालाई अर्थमन्त्री बनाइएको छ । यसको एमालेले विरोध गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #महेश बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्