भारतमा इन्धनको मुल्य घट्दा पनि आयल निगमले मूल्य नघटाएपछि अनेरास्ववियुको आपति
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले विगत १५ दिनमा इण्डियन आयल कर्पोरेशनबाट इन्धनको मूल्य घटेर आउँदा पनि नेपाल आयल निगमले मूल्य समायोजन नगरेकोमा ध्यानाकर्षण भएको जनाएकी छिन् ।
बरारलले आज एक विज्ञप्ती जारी गर्दै पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य नघटाएको बताएकी हुन् ।
विज्ञप्तीमा भनिएको छ ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी मुल्य समायोजन नगरिएको प्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको छ ।
उनले विज्ञप्तीमार्फत नेपाल आयल निगमलाई यथाशिघ्र मूल्य समायोजन गर्न आग्रह गरेकी छिन् । निगमले मूल्य समायोजना नगरे अनेरास्ववियु निर्णायक आन्दोलनमा उत्रिने समेत उनले चेतावनी दिएकी छिन् ।

क्याटेगोरी : समाचार
ट्याग : #अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, #सुनिता बराल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्