नेपाल इयूको उडान सुरक्षा सूचीबाट छिट्टै हट्छ: पर्यटनमन्त्री
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताउनुभएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाटमा उहाँले छिट्टै नेपाललाई इयूले उडान सुरक्षा सूचीबाट हटाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले हालै गरेको अडिटअनुसार नेपालको हवाई क्षेत्रले राम्रो प्रगति गरेको बताउनुभयो ।
उहाँले सम्बन्धित पक्षले प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौँ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताउनुभयो । उहाँले इशाका तर्फबाट अनसाइट अडिट भइसकेपछि नेपाल सुरक्षा सूचीबाट हट्ने र नेपालले युरोपमा उडान गर्नसक्ने अवस्था आउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरिने बताउँदै विमानस्थलमा एयरलाइन्सलाई आकर्षण गर्न र विभिन्न छुट तथा सुविधाहरू दिइने उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइकाओको अडिटले नेपालको उडान सुरक्षा दर विश्व स्तरभन्दा माथि रहेकाले इयूले उडान सुरक्षा सूचीमा राखिरहनुको औचित्य नरहेको भन्दै छिट्टै नेपाल युरोपका आकाशका लागि खुला हुने विश्वास व्यक्त गर्नुभयो ।
रासस
क्याटेगोरी : समाचार
ट्याग : #जीवनराम श्रेष्ठ, #पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, #संस्कृति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्