Techie IT
बुधबार, कात्तिक २६,२०८३

एमालेले आज मंहगीबिरुद्ध जनप्रदर्शन गर्ने


काठमाडौं । नेकपा (एमाले)ले महंगीविरुद्ध काठमाडौं उपत्यकामा वृहत प्रदर्शन गर्ने भएको छ ।

सरकारले मंगही नियन्त्रणमा कुनै कदम नचालेको एमालेले दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा प्रदर्शन गर्न लागेको हो ।

केही दिनअघि पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको बैठकले महंगीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुनेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले जनप्रदर्शन, #एमालेले आज मंहगीबिरुद्ध जनप्रदर्शन गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्