Techie IT
बुधबार, मंसीर ३,२०८३

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले सम्मानित


काठमाडौं । जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले पत्रकारिता उद्यमशीलता पुरस्कारबाट सम्मानित भएका छन् । आइतबार निगरानी दैनिकले आफनो प्रथम वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा सम्पादक बगालेलाई उक्त सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवर र एनआरएनए अध्यक्ष कुल आचार्यले सम्पादक बगालेलाई पुरस्कारसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए । सम्पादक बगालेले विगत २३ वर्षदेखि आप्रवासी कामदारका पक्षमा कलम चलाउँदै आएका छन् । वैदेशिक रोजगार र एनआरएनएका विषयमा निरन्तर कलम चलाउँदै आएका बगालेको पत्रकारिता क्षेत्रमा योगदानको सम्मान गरिएको आयोजकले उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #रामजी बगाले


तपाईको कमेन्ट लेख्नुहोस्