आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ ।
शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले उकालो लागेर दुई हजार १९५.१० मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७२ अङ्कले ओरालो लागेर ४१९.२० मा पुगेको छ ।
नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२० कम्पनीको एक करोड १३ लाख ३९ हजार ४७६ कित्ता शेयर रु चार अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज वित्त क्षेत्रको शेयर मूल्यमा ३१.९३ अङ्कले गिरावट भयो । बाँकी १२ उपसमूहको शेयर मूल्य भने उकालो लाग्यो । नेप्सेका अनुसार बैङ्किङ ४०.६२, व्यापार ७५.२८, होटल तथा पर्यटन ८०.१९, विकास बैङ्क ३१.५७, जलविद्युत् २०.४३, निर्जीवन बीमा ३७४.०८, उत्पादन ९८.४३, अन्य ५२.७७, लघुवित्त ५४.२६, जीवन बीमा ४१२.८९, सामूहिक लगानी कोष ०.११ र लगानी ३.३७ अङ्कले उकालो लागेको छ ।
आइतबारको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ३४ अर्ब ४७ करोड आठ लाख ९९ हजार ७७२ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २१ करोड ३४ लाख १६ हजार ८६० बराबरको कारोबार भयो ।
यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु १५ करोड २३ लाख २० हजार ४८५, एसियन लाइफ इन्स्योरेन्स रु ११ करोड ५४ लाख ७४ हजार ५००, हिमालयन डिस्टिलरी रु १० करोड ३७ लाख ७३ हजार ४०२ र नेशनल हाइड्रोपावर कम्पनी रु नौ करोड ७९ लाख १३ हजार २४८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार आजको कारोबारका विभिन्न आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको हो । ती कम्पनीमा नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, स्वाभिमान लघुवित्त र युनाइटेड इन्स्योरेन्स कम्पनी छन् ।
त्यस्तै, गुडबिल फाइनान्सको ऋणपत्र ३.९४, नेशनल हाइड्रोपावर ३.३०, मल्टिप्रपोज फाइनान्स कम्पनी ३.१२, नबिल ब्यालेन्स फण्ड ३.०३ र सिन्धु विकास बैङ्कका लगानीकर्ताले २.९४ प्रतिशतले गुमाएका छन् । रासस
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot, #आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, #नेप्से
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्