टोखामा मोटरसाइकल दुर्घटना हुँदा तार्केश्वरकी २६ बर्षीया मर्हजनको मृत्यु , एक घाइते
काठमाडौँ । टोखा नगरपालिका-३ झुडोलमा आइतबार मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार मृत्यु हुनेमा तार्केश्वर नगरपालिका मनमैजु बस्ने २६ वर्षीय रोजिना महर्जन रहेकी छन् । दक्षिणबाट पश्चिमतर्फ आउँदै गरेको बा ९६ प २४४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा २९ प १०९८ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएको थियो । मृतक महर्जनको उपचारका लागि ग्राण्डी अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक ग्रीनसिटी अस्पतालमा नर्सका रुपमा कार्यरत रहेकी थिइन् ।
त्यस्तै, दुर्घटनामा परी मोटरसाइकल चालक टोखा नगरपालिका-३ का २४ वर्षीया समीर श्रेष्ठ गम्भीर घाइते भएका छन्। घाइते श्रेष्ठको अनुहार र बाँया खुट्टामा चोट लागेको र उनको ग्राण्डी अस्तालमा उपचार भईरहेको छ ।
टोखा टाइम्स
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा मोटरसाइकल दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्