Techie IT
बुधबार, मंसीर ३,२०८३

तामा रेष्टुरेन्टमा गुणस्तरहिन खाना, राजश्वमा पनि छलि


काठमाडौँ । नक्सालको गैरीधारास्थित सुपरिचित तामा रेष्टुरेन्टले गुणस्तरहिन खाना खुवाउने गरेको पाइएको छ । तामाले खाना तथा खाजामा बासी, सडेगलेको र गुणस्तरहिन खुवाउने गरेको पाइएको छ । सधै आउने सेवाग्राहीलाई गुणस्तरहिन खाना खुवाउन थालेपछि ग्राहक बिच्किन थालेका छन् । आफूलाई पुरानो व्राण्ड भन्दै सेवाग्राहीलाई तामाले ठग्न थालेको छ ।

छिटो छरितो सेवा प्रवाह गर्ने नाममा तामाले लामो समय फ्रिजमा राखेका खानेकुरा खुवाउने पाइएको छ । “राम्रो खाना तथा खाजा खुवाउने रेष्टुरेन्ट भनेर हामी सधै जान्थ्यौँ । तर हामीलाई बासी र गन्धाउने खानेकुरा खुवाइयो” एक जना ग्राहकले भने, “अव हामी आफू पनि कहिल्यै नजाने र अरुलाई पनि त्यहाँ जान भन्दैनौ ।” विगत केही समयदेखि तामा रेष्टुरेन्टमा खाना तथा खाजाको गुणस्तर खस्किदै गएको छ ।

तामाको गुणस्तरमा आएको ह्रासको कारण तामाका नियमित सेवाग्राहीहरु दरवारमार्ग, नागपोखरीका रेष्टुरेन्ट तिर जाने गरेका छन् । विगत १८ बर्षदेखि तामाको भान्सामा काम गर्दै आएका नाम नबताउने सर्तमा एक कर्मचारीले भने–“एकै पटक ५०० जना खाना तथा खाजा खाने आउँछन । हामीले कसरी १० मिनेटभित्र स्वच्छ र गुणस्तरिय खाना बनाएर दिनु ।

फुर्सदको समयमा बनाएर फ्रिजिङ गरेर राखेका खानेकुरा दिने गरेका छौ ।” खाना स्वादिलो बनाउने नाममा बजार पाइने स्वास्थ्यका लागि हानीकारक अखाद्य बस्तु खानेकुरामा तामाले राख्ने गरेको छ । खानेकुरामा मात्रा भन्दा बढी नै अजिनामोटो हाल्ने गरेको पाइएको छ । लामो समय तामामा जाने गरेका गंगबु घर भएका छवि तुलाधरले तामाको गुणस्तर खस्किदै गएपनि अहिले जिम्मु थकालीतिर जाने गरेको बताउँछन् ।

पछिल्लो समय हस्पिटालिटीमा राम्रो मार्केट लिएको जिम्मु थाकाली तामाभन्दा भन्दै थोरै महंगो भएता पनि सेवाग्राही सन्तुष्टि रहेको बताइएको छ । राजश्व छलि यस्तै तामा एक जना कर्मचारीका अनुसार रेष्टुरेन्टमा दैनिक आठदेखि दश हजार मानिस खाना तथा खाजा आउने गरेको र सोही आम्दानी पाँचदेखि छ लाखसम्म प्रत्येक दिन विक्री हुने गरेको छ ।

तर तामा रेष्टुरेन्ट आयकर (भ्याट)मा दर्ता छैन । राजश्व छलि गर्नलाई नै तामा रेष्टुरेन्टले स्थायी लेखा नम्बर (पान नम्बर) नै प्रयोग गर्दै आएको छ । राजश्व छलिका विषयमा तामा रेन्टुरेन्टमा पटक पटक उजुरी पर्दा आन्तरिक राजश्व कार्यालयबाट आएका केही कर्मचारीले दारु पानी र दाममा बुझि मिलाउने छन् ।

१८ बर्षदेखि सेवा सुविधा बढेन तामा रेन्टुरेन्टको साहु मोटाउने गरेपनि कर्मचारी भने दुब्लाउने गरेका छन् । त्यहाँ कार्यरत कर्मचारीको १८ बर्षदेखि तलब बढेको छैन ।

आज पनि सरकारले तोकेको भन्दा न्यून पारिश्रमिकमा त्यहाँका कर्मचारी काम गरिरहेको पाइएको छ । न्यून पारिश्रमिकमा काम लगाउन थालेपछि कर्मचारीले सेवा सुविधा बढाउनुपर्ने माग गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #तामा रेष्टुरेन्ट


तपाईको कमेन्ट लेख्नुहोस्