जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
जुम्ला । जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताउनु भयो ।मृत्यु हुनेमा रारा छायाँनाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् ।
सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नम्बरको जीपको बेक्र फेल भएपछि दुर्घटना भएको डिएसपी चन्दको भनाई छ ।
दुर्घटनामा घाइते हुनुभएका गाडी चालक दल बहादुर बुढाको अवस्था पनि गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । बुढाको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको छ ।
गाडीमा चालक सहित ६ जना सवार थिए । अन्यको अवस्था भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्