तरुण दलका अध्यक्ष गुरुङ र विद्यार्थी संघका अध्यक्ष शेर्पाबिच भेटघाट
मकवानपुर । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पासहितको टोलिले नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई भेटेका छन् । उक्त भेटघाटमा विद्यार्थी संघ र नेपाल तरुण दलका अध्यक्षबीच संगठनलाई कसरी बिस्तार गर्ने भन्ने बिषयमा गहन छलफल भएको हो ।
दुवै संगठन पार्टीको मेरुदण्डको रुपमा रहेको र संगठनलाई बलियो बनाउन पर्नेमा अध्यक्षबीच गम्भीर रुपमा छलफल भएको थियो । भेटघाटको क्रममा तरुण दल अध्यक्ष गुरुङले युवाहरु पछिल्लो समयमा पार्टीहरु प्रती नै असन्तुष्टि हुँदै गएको बताउदै स्वतन्त्र उम्मेदवारहरुको हावी भएको जानकारी गराउनु भएको थियो ।
साथै यस्तो अवस्थामा पार्टीले भातृ संगठनको मनोवल उच्च बनाउनु पर्ने उहाँले बताउनु भयो ।
भेटमा अध्यक्षहरु बीच संगठन बिस्तारमा आफ्नो-आफ्नो आन्तरिक तयारीबारे छ्लफल भएको तरुण दलका अध्यक्ष गुरुङको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल तरुण दल, #नेपाल विद्यार्थी संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्