स्वर्गद्वारीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते
प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
स्वर्गद्वारी मन्दिर दर्शन गरेर भिङ्ग्रीतर्फ आउँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका –३ निवासी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भिङ्ग्रीमा प्राथमिक उपचारपछि घाइतेहरूलाई बुटवल रिफर गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।
जीपमा १७ जना सवार थिए । जीपको ब्रेक नलागेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्