सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
जनकपुरधाम । सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शुक्रवार बिहान करिब पौने ९ बजे सर्लाहीको बरहथवा नगरपालिका १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार रौतहटको ईशनाथ नगरपालिका ५ लक्ष्मिनीया टोलका २६ वर्षीय मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साहको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए।
टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानियहरुले विरोध गरेपछि तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु, #सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्