बेगनास सिँचाई अन्तरगत पुनर्निर्माण नहरको उद्घाटन
पोखरा । पोखरा महानगरपालिका वडा नंं ३२, भुनभुनेस्थित बेगनास सिँचाई अन्तरगत पुनर्निर्माण नहरको ऊर्जा जलस्रोत तथा सिँचाइ खानेपानी मन्त्रालय गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्यले शुक्रवार एक समारोहका बीच नहरको उद्घाटन गर्नु भयो ।
बेगनास जल उपभोक्ता संस्था, निर्माण उपभोक्ता समिति र ऊर्जा जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय कास्कीको संयुक्त रुपमा ४ करोड ८० लाखमा निर्माण कार्य सम्पन्न हुने भुनभुने स्थानमा पर्ने शाखा ३ र शाखा ४ को १८० मिटर र १९० मिटर लम्बाइ र १ र २ मिटर चौडाइ र उचाई १.मि. उचाई भएका २ नहरको एकै साथ उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ऊर्जा जलस्रोत तथा सिँचाइ खानेपानी मन्त्री हरिशरण आचार्यले विगत एक वर्ष अगाडि प्राकृतिक प्रकोपका कारणले क्षतविक्षत अवस्थामा रहेको भुनभुने स्थानको नहर पुनः निर्माण गरेर प्रदेश सरकारले उर्वर र उत्पादनशील जग्गामा सिँचाई पुर्याएको बताउनुभयो । उहाँले छोटो अवधिमा दीर्घकालीन कार्य गरेर ढिलै भएपनि नहरको उद्घाटनले यहाँका किसान लाभान्वित हुने विश्वास गर्दै सामाजिक हित उत्तरदायित्व वहन, कर्तव्य बोधका साथ कार्य गर्न स्थानीय किसानलाई आग्रह गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नंं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले जनताको आवश्यकता अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयमा विकासका गतिविधिलाई तीव्रताका साथ अगाडी बढाइएको बताउँदै विकास निर्माणका कामहरू क्रमिक रुपमा अघि बढेको उल्लेख गर्दै बिस्तारै परिणाम देखिने साथै जन भावना र चुनावी प्रतिबद्धता अनुसार काम भइरहेको कार्कीको बनाई रहेको छ ।
कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले नहर र सिँचाइलाई व्यवस्थित गर्दै अगाडी बढ्नु पर्ने धारणा राखेका थिए ।
बेगनास सिँचाई प्रणाली शाखा ३/४ भुनभुने नहर अन्तरगत करिब ५ हजार रोपनीभित्र पर्ने कास्की जिल्लाकै सबै भन्दा ठुलो विशाल फाँट सिँचाई सुविधाबाट वञ्चित यस क्षेत्रका सातमुहाने, खोलाको छेउ, राजाको चौतारा र मालमुल फाँटका बासिन्दा नहर निर्माण भए सँगै सिँचाई सुविधा भएपछि यहाँका करिब दश हजार स्थानीय कृषक लाभान्वित हुनेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बेगनास सिँचाई, #हरिशरण आचार्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्