अछाममा ४ जीपीए ल्याउने विद्यार्थी ४ जना
अछाम । अछाम जिल्लामा एसइई परीक्षा २०७८ को नतिजामा ४ जीपीए ल्याउने विद्यार्थी ४ जना रहेका छन् ।
बिहीबार प्रकाशित नतिजा अनुसार जिल्लामा २ देखि २.४ जीपीएमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या सबैभन्दा धेरै रहेको छ ।
शिक्षा मन्त्रालयले १.२ देखि ४ जिपिएसम्म गरेको स्तरीकृत अङ्क अनुरुप २.४ जिपिएमा १८५५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
एसइई परीक्षा २०७८ मा अछाम जिल्लाबाट परीक्षामा सम्मिलित ४ हजार ७ सय ५६ विद्यार्थी मध्ये ४ जिपिएमा ४ जना, ३.६ जिपिएमा ३२ जना, ३.२ जिपिएमा १५५ जना, २.८ जिपिएमा ७ सय११ जना, २.४ जिपिएमा १ हजार ८ सय ५५ जना उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई अछामका निमित्त प्रमुख मदन विष्टले बताउनुभयो ।
त्यसैगरी २ जिपिएमा १ हजार ४ सय ६८ जना, १.६ जिपिएमा ३२१ जना र १.२ जिपिएमा १४ जना रहेका उहाँले बताउनुभयो ।
जिल्लाका ४ हजार ७ सय ५६ विद्यार्थी मध्ये १ सय ९६ जना अनुपस्थित रहेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #अछाम, #अछाममा ४ जीपीए ल्याउने विद्यार्थी ४ जना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्