सीसीटिभी फूटेज प्रकरण : निवर्तमान अर्थमन्त्री शर्माले पाए ‘क्लिन चिट’
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा ‘क्लिन चिट’ पाएका छन् । संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर गरेको अनुसन्धानका क्रममा शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको हो
प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताए । छानबिनका क्रममा समितिले ७५ घण्टा खर्चिएको कर्णले जानकारी दिए ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा एमालेका माग बमोजिम समिति गठन भएको थियो । करका दर हेरफेर गरेको भनिएको आरोपमा समितिले १७ दिन लगाएर छानबिन गरेको थियो। बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो । जसको समयावधि बिहीबार सकिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #जनार्दन शर्मा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्