अमेरिकी सहायक विदेशमन्त्री लु र परराष्ट्रमन्त्री खड्का बीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आर्थिक र विकास सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ विरुद्धको खोपलगायत सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
बिहीबार साँझ नेपाल आउनुभएका सहायक विदेशमन्त्री लुले यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएको छ ।
यो पटकको भ्रमणका अवसरमा उहाँले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
सहायक विदेशमन्त्री लुले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुहुने बताइएको छ
क्याटेगोरी : समाचार
ट्याग : #अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्यो, चिसो बढ्यो






तपाईको कमेन्ट लेख्नुहोस्