ट्राफिक कार्यालय तनहुँले एक वर्षमा तीन करोड ७९ लाखराजस्व सङ्कलन
दमौली। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा सवारीसाधन कारबाही गरेर रु तीन करोड ७९ लाख ३३ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ५५ हजार छ सय सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम सङ्कलन भएको हो ।
सो क्रममा सबैभन्दा बढी मोटरसाइकललाई कारबाही गर्दा राजस्व सङ्कलन भएको छ । नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेमा दुई पाङ्ग्रे चालक रहेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार २० हजार ५०० मोटरसाइकललाई कारबाही गर्दा एक करोड ४७ लाख ३९ हजार ५०० राजस्व सङ्कलन भएको छ । त्यस्तै ११ हजार २२१ ट्रक टिपरलाई कारबाही गर्दा रु ७७ लाख ८३ हजार, सात हजार ५०० तीन बसलाई कारबाही गर्दा रु ४८ लाख ४३ हजार ५१२ हजार ३५७ जीप कारलाई कारबाही गर्दा रु ७९ लाख ४४ हजार ५०० र दुई हजार ९६६ ट्याक्टरलाई कारबाही गर्दा रु २० लाख ३२ हजार राजस्व सङ्कलन भएको छ ।
अन्य ६५६ सवारीसाधनलाई कारबाही गर्दा रु चार लाख २३ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।
“मोटरसाइकल र स्कुटर चालकबाट बढी नियम उल्लङ्घन हुने गरेको छ,” उहाँले भन्नुभयो, “सवारी साधनको कागजात नभएका र लाइसेन्स नभएका पनि बढी छन् ।” सवारी साधनका धनीलाई कारबाहीसँगै सवारीधनीलाई नियमबारेमा पनि जानकारी गराउने गरेको नेपालले बताउनुभयो ।
प्रहरीले मादक पदार्थ सेवन गर्ने विरुद्ध पनि चेक कडाइ गर्ने गरेको छ । उक्त आर्थिक वर्षमा ३८३ सवारीसाधनका धनी मादक पदार्थ सेवन गरेबापत कारबाहीमा परेका छन् । उनीहरूबाट तीन लाख ८३ हजार राजस्व सङ्कलन भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ट्राफिक कार्यालय तनहुँ, #ट्राफिक कार्यालय तनहुँले एक वर्षमा तीन करोड ७९ लाखराजस्व सङ्कलन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्