एक हजार चोरेको आरोपमा पत्नीको हत्या
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् ।
कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
एक हजार रुपैयाँका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।
हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले यमबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले बुधबार बिहान सावित्री आफ्नै कोठामा टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा र कोठामा रगत बगेको र छिटा देखिएको तथा शरीरका विभिन्न भागमा नीलडामसमेत रहेको अवस्थामा फेला पारेको थियो । यमबहादुरलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । –रासस
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #एक हजार चोरेको आरोपमा पत्नीको हत्या, #हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्