अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै हुनुहुन्छ । सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौँ आइपुग्नुहुने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँ दुई दिनसम्म नेपालमा रहनुहुने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुनुहुने स्रोतले जनाएको छ ।
सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनुहुने बुझिएको छ ।–रासस
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking, #अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्