राष्ट्रियसभाकोआजको बैठकले विभिन्न तीन वटा विधेयक पारित
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले विभिन्न तीन वटा विधेयक पारित गरेको छ ।
बैठकले शपथ सम्बन्धी विधेयक,२०७९ सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक सभा समक्ष पेश गर्नुभएको थियो ।
यस्तै, आजको बैठकले राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक,२०७६ र ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७५माथि प्रतिनिधिसभाको संशोधन स्वीकारसहित पुनः सर्व सम्मतिले पारित गरेको छ ।
नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक,२०७६ माथिको उक्त प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७५ माथिको प्रस्ताव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सभा समक्ष पेश गर्नुभएको थियो ।
यस्तै, बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन र राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन पनि पेश भएको छ ।
समितिका सभापति दीलकुमारी रावल थापा(पार्वती)ले दुवै प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो ।
यस्तै, बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक, २०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७७ र सङ्क्रामक रोग ऐन २०२० को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७८ पेश गर्नुभयो ।
यस्तै, बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक,२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्व सम्मतिले स्वीकृत गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले उक्त प्रस्ताव सभा समक्ष पेश गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रियसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्