खैरहनीका बिकाश थापालाई आक्रमण गरेर फरार एक जना काठमाडौंबाट पक्राउ, चितवन प्रहरी भन्छ – हामीलाई थाहा छैनन्
चितवन । पूर्वी चितवनको खैरहनीमा युवा संघका कार्यकर्ता बिकाश थापालाई सांघातिक आक्रमण गरेर फरार रहेका एक जनालाई प्रहरीले आज (बुधबार) साँझ काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खैरहनी नगरपालिकाका ३२ वर्षीया ‘र्याक्स’ भन्ने सुचेन्द्र राई रहेको प्रहरी स्रोतले जनाएको छ । उनलाई प्रहरी बृत बालाजुको सहयोगमा (बुधबार) साँझ पाँच बजे चितवन प्रहरीले पक्राउ गरेको हो । बालाजुमा पक्राउ परेका उनलाई आजै राती चितवन ल्याइदै छ । आक्रमण पश्चात्त तीन महिनादेखि फरार रहदै आएका राईलाई खोजी गर्न चितवन प्रहरीले आफ्नो सबै संयन्त्र परिचालन गरेको थियो ।
यता, चितवन प्रहरीले भने राई पक्राउ परेको बिषयमा औपचारिक रूपमा मुख खोलेको छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीले आफूलाई सुचेन्द्र राई पक्राउ परेको बारे त्यस्तो आधिकारिक केही जानकारी नआएको बताए । उनी पक्राउ परेको बिषयमा हामीलाई केही थाहा छैनन् । उनलेे भने, थाहा भएपछि अपडेट गरौंला ।
वैशाखमा भएको स्थानीय तहको निर्वाचनका क्रममा थापालाई खैरहनी नगरपालिका ८ स्थित घर नजिकै अज्ञात समूहले हतियार प्रहार गरेको थियो । सांघातिक आक्रमणमा परेका थापाको टाउको, हात, खुट्टा लगायत शरीरका विभिन्न स्थानमा चोट लागेको थियो । त्यतिबेला राजनीतिक प्रतिशोधका कारण नै उक्त घटना गराइएको हुन सक्ने अनुमान गरिएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्