पदभार ग्रहण गर्दै केसीले भने मलाई असफल हुने छुट छैन
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् ।
उनले वुधबार विहान चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर उनले कार्यभार ग्रहण गरेका हुन् ।
पहिलो दिन हाजिरी गरेपछि केसीले चलचित्र क्षेत्रका समस्याहरुमा आफू जानकार रहेको बताए ।
उनले आगामी दिनमा चलचित्रकर्मीलाई बोलाएर सुझाव लिने बताए ।
पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘चलचित्र क्षेत्रभित्र धेरै समस्या छन् । म सबैका समस्याहरु सुन्न चाहन्छु । त्यसैले चलचित्रको सबै विधाका मान्छेहरुलाई संलग्न गराएर एक–दुई दिनमै एउटा सम्मेलन आयोजना गर्ने योजना छ ।’
उनले सम्मेलनबाट निस्कने निष्कर्षकै आधारमा आफू अघि बढ्ने बताए । त्यस्तै, उनले आफ्नो नियुक्तिबारे सोधिएको प्रश्नमा भने चलचित्र क्षेत्रका लागि आफूले जे गर्न पनि तयार हुने बताए ।
‘म जहाँ गए पनि चलचित्र क्षेत्रको विकासका लागि जाने हो । मेरो तन मन धन नै चलचित्रकर्मीको उत्थान र विकासका लागि हो । त्यसैले म शहिद भएर, भिक्टिम भएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने त्यसका लागि तयार छु’, उनले भने ।
आजै बोर्डले अध्यक्ष केसीको स्वागत कार्यक्रम आयोजना पनि गरेको छ ।
केसीलाई सोमबारको मन्त्रिपरिषदको बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चलचित्र विकास बोर्ड, #भुवन केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्