लागूऔषध दुर्व्यसनी विरुद्ध चितवन प्रहरीको सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एसईई दिएर बसेका विद्यार्थीहरुलाई आज (सोमबार) “लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतनामूलक प्रशिक्षण कार्यक्रम” सम्पन्न गरेको छ ।

समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत भरतपुर महानगरपालिका १० स्थित ग्लोबल होटलमा जिल्ला प्रहरी कार्यालय चितवन र सृर्जनशील समाज नेपालको संयुक्त आयोजनामा आयोजनामा विभिन्न विद्यालयहरुबाट एसईई दिएर वसेका अन्दाजी १८५ जना छात्रछात्राहरु लाई लागु औषध दुर्व्यसनी तथा त्यस सम्बन्धि कानुनी प्रावधानको बारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन बिष्टले लागूऔषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यार्थीलाई लागूऔषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागूऔषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागूऔषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्छन् ? वर्तमान समयमा युवापुस्ताहरु तिव्रगतिमा लागूऔषध दुरुपयोग बढ्नुको कारण र यसलाई कसरी नियन्त्रण गर्ने तथा युवाहरुको भूमिका बारेमा “लागूऔषध दुर्व्यसनी विरुद्ध जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त सचेतनामुलक प्रशिक्षण कार्यक्रममा सृजनशील समाज नेपालका अध्यक्ष श्री विनोद ढकालको सभापति एवं प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका वर्डा नम्बर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले सहित प्रहरी अधिकृत लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्